गर्भमै मस्तिष्कको सफल शल्यक्रिया

गर्भमै मस्तिष्कको सफल शल्यक्रिया


अमेरिकाको म्यासाचुसेट्स राज्यका डाक्टरहरुले बच्चाको मस्तिष्कको सफल शल्यक्रिया गरेका छन् । बच्चाको मस्तिष्कको शल्यक्रियामा के चमत्कार भयो होला भन्ने लाग्न सक्छ। वास्तवमा, त्यो बच्चा अझै जन्मिएको छैन। आमाको गर्भमै रहेको बच्चाको शल्यक्रिया चिकित्सकले गरेका हुन् ।

यो अचम्मको अपरेशन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा गरिएको हो। डाक्टरहरुका अनुसार बच्चालाई घातक भास्कुलर रोग लागेको थियो। यो सफल शल्यक्रियापछि डाक्टरहरुले बच्चालाई जन्मे लगत्तै मर्नबाट बचाएका थिए । यदि यो शल्यक्रिया नभएको भए, हृदयघात वा स्ट्रोकका कारण बच्चाको मृत्यु हुन सक्थ्यो । रिपोर्टका अनुसार यसअघि पनि पाठेघरमा मस्तिष्कको शल्यक्रिया भइसकेको थियो, तर त्यस्तो असामान्य अवस्थामा भने अपरेशन गरिएको थिएन।

शल्यक्रियामा १० जना चिकित्सकहरु संलग्न थिए । डाक्टरहरूले अल्ट्रासोनोग्राफी मार्फत आमाको पेटमा लामो सुई लगाएर शल्यक्रिया गरेका थिए।
 

Logo