1
1
1
1
1

१६ फिट लामो रोबोट‘सर्प’ले शनिमा जीवन खोज्ने

1
1
1
1
1
1

पृथ्वी बाहिर जीवन छ कि छैन पत्ता लगाउन नासाले रोबोट सर्प निमार्ण गरेका छन् । 

रिपोर्टका अनुसार सर्प जस्तो देखिने रोबोटलाई एन्सेलाडसको सतहसम्म पुग्न सक्ने गरी डिजाइन गरिएको छ । एन्सेलाडस शनिको ८३ चन्द्रमामध्ये एक हो। यसले शनिको छैटौं ठूलो चन्द्रमा एन्सेलाडसको सतहमा पानी र जीवनको प्रमाण खोज्नेछ। 

नासाको जेट प्रोपल्सन प्रयोगशालाका अनुसार यो उपकरणलाई इइएलएस मोबाइल उपकरण नाम दिइएको छ । यो उपकरण बनाउनुको मुख्य उद्देश्य शनि ग्रहमा जीवनसँग सम्बन्धित प्रमाणहरू खोज्नु हो। वैज्ञानिकहरूले एन्सेलाडसको सतहमुनि पानी हुन सक्ने अनुमान गरेका छन्।

राेचक विज्ञान-प्रविधि

प्रकाशित: २६ बैशाख २०८० १८:१४ मंगलबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी