भेटियो ४८६ खुट्टा भएको जीव, कस्तो देखिन्छ ? [भिडियाेसहित]

भेटियो ४८६ खुट्टा भएको जीव, कस्तो देखिन्छ ? [भिडियाेसहित]


अमेरिकामा अचम्मको जिव फेला परेका छ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको हो । जुन पेन्सिल सिसा जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ । 

यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। यो एक स्टार बक्स क्याफे नजिकै फेला पर्‍याे, जो यसको हर्न जस्तो एन्टेना प्रयोग गरी आफनो गतिबिधि गर्ने पत्ता लागेको थियो । जब वैज्ञानिकहरूले माइक्रोस्कोप मार्फत हेरे, यो अद्वितीय जीवको आश्चर्यजनक भौतिक गुणहरू सामन्ने आएका थिए ।

भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युटका जीव वैज्ञानिक पल मारेकले हलिउड चलचित्रको दानव जस्तो उक्त जीव देखिएको बताए। यो क्षेत्रलाई सोकैल नाम राखिएको छ। भर्जिनिया पोलिटेक्निक बाहेक वेस्ट भर्जिनिया र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरू पनि यस खोजमा संलग्न थिए।

Logo