1
0
Shares

ट्वीटरको मासिक प्रयोगकर्ता ५४ करोड [भिडियाेसहित]

1
1
1

ट्वीटर वर्डलाई रिब्रान्डिङ गर्दै एक्स बनाएका एलन मस्कले ट्वीटरको मासिक प्रयोगकर्ताको ग्राफ सार्वजनिक गरेका छन् ।  शुक्रबार ग्राफसहित एक ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका हुन् । 

ग्राफअनुसार ट्वीटर को मासिक प्रयोगकर्ताको सङ्ख्या ५४ करोड पुगेको देखिन्छ । कम्पनीमा धेरै कुरा परिवर्तन गरिरहेको र मेटाले हालै सुरु गरेको थ्रेड्ससँग प्रतिस्पर्धाको सामना गरिरहेको बेला मस्कले यस्तो लेखेका हुन् । मस्कले एक्स (ट्वीटर) खरिद गर्नुअघि यसमा २२ करोड ९० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेको थियो । 

तर जब मस्कले आफ्नो हातमा ट्वीटर ल्याए, त्यसपछि उनले ट्वीटरको नाम र लोगो परिवर्तन गरे, विभिन्न स:शुल्क फिचर थप्ने, कर्मचारी कटौती गर्ने जस्ता कामहरु गरे। जसले गर्दा ट्वीटर किनेको ९ महिनामै दोब्बरभन्दा बढी संख्याले ट्वीटरको प्रयोगकर्तामा वृद्धि आएको विश्वास गरिन्छ ।

प्रकाशित: १४ साउन २०८० १३:०१ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी