विज्ञान प्रविधि प्रदेश ३

आइटी करियर कनक्लेभ आयोजना हुँदै

15 Shares

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयुक्त आयोजनामा आगामी शनिबार र आइतबार पिबिएस आइटी करियर कनक्लेभ हुने भएको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आइटी क्षेत्रको विकास र प्रवर्धनका लागि कनक्लेभ आयोजना गरिएको बताए।

दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन् । कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन् । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित: २२ पुस २०७७ १२:२० बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी