पिपिएल: विराटनगरलाई १६० रनको लक्ष्य

पिपिएल: विराटनगरलाई १६० रनको लक्ष्य


पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल)अन्तर्गत शनिबार जारी खेलमा  काठमाडाैं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई १ सय ६० रनको विजय लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको काठमाडाैंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रनको योगफल तयार पार्‍यो।

पोखरा पल्टनसँग पराजित हुँदै प्रतियोगिताको खराब सुरुआत गरेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो। तेस्रो खेलमा धनगढी ब्लुजलाई पराजित गरेको काठमाडौं आज दोस्रो जितको खोजीमा छ।

पहिलो खेलमा धनगढी ब्लुजसँग पराजित भएको विराटनगरले दोस्रो खेलमा पोखरा पल्टनलाई पराजित गरेको थियो।

Logo