1

'आईएमई पे गरौँ, व्यवसाय बढाऔ' भन्ने नारा सहित 'आईएमई पे' को 'बी टु बी' सेवा शुरु

1
1
1

काठमाण्डौँ ।

नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन मोबाइल वित्तीय सेवामा आधारित आईएमई पे ले आफ्नो बी टु बी सेवा सुरुवातभएको घोषणा गरेको छ ।

आईएमई पे मूलतः एजेन्टको मदतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्य सहित निर्मित मोबाइल वित्तीय सेवा भए तापनि, आईएमई पे ले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोड्न आईएमई पे गरौँ, व्यवसाय बढाऔूँ भन्नेनारा सहित आफ्नो बी टु बी सेवालाई सेवा सञ्चालन गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनिसमय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथारिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् । आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् ।

आईएमई पे को देशभरि नै १३५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् ।

प्रकाशित: २४ माघ २०७४ १७:४८ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी