निर्मला हत्याकाण्ड: पत्रकार खेम भण्डारी जेल चलान

निर्मला हत्याकाण्ड: पत्रकार खेम भण्डारी जेल चलान


पत्रकार खेम भण्डारी कारागार चलान भएका छन् ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई एक घण्टाका लागि कारागार चलान गरेको हो । म‌ंगलबार अदालतमा उपस्थित भएका भण्डारीलाई अदालतले एक रुपैयाँ जरिवाना भराएर १ घण्टाका लागि थुनामा पठाएको हो । भण्डारीलाई जिल्ला कारागार कार्यालय कञ्चनपुर चलान गरिएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका बारेमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला बार कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलाशले भण्डारीविरुद्ध १ रुपैयाँ जरिवाना र १ घण्टा कैदको सजाय सुनाएको थियो ।

घटनाको अझै अनुसन्धान भइरहेको छ।

Logo