रामेछापमा जीप दुर्घटना: चालकको मृत्यु, वडाअध्यक्ष गम्भीर

रामेछापमा जीप दुर्घटना: चालकको मृत्यु, वडाअध्यक्ष गम्भीर


रामेछापमा भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान  लिखु तामाकोशी गाउँपालिका वडा नं १ स्थित तेर्सेमा ना ४ च ६२०५ नं को बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ । जीपमा सवार वडाअध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मोहोडामा जिप नमोडिएपछि चालक र वडाध्यक्ष दुबै हाम फालेका थिए।  चालक हाम फालेकैतिर जिप पल्तिएपछि उनको ज्यान गएको हो ।

Logo