काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षमा तेस्रो नेपाल भ्रमणमा पनि सहयोग र सहकार्यका सामान्य प्रतिबद्धता समेत पूरा हुन सकेका छैनन् । "/>

चार वर्षमा पनि पूरा भएन टेलिफोन शुल्क घटाउने मोदीको प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएन टेलिफोन शुल्क घटाउने मोदीको प्रतिबद्धता


काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षमा तेस्रो नेपाल भ्रमणमा पनि सहयोग र सहकार्यका सामान्य प्रतिबद्धता समेत पूरा हुन सकेका छैनन् । चार वर्ष अघि अन्तरदेशीय टेलिफोन शुल्क घटाउने सम्बन्धमा उनैले गरेका प्रतिवद्धता अझै पूरा भएको छैन ।

शुक्रबार आएर शनिबार फर्किएका मोदीको भ्रमणमा यसपटक भने टेलिफोन शुल्क घटाउने विषयले प्रवेश नै पाएन । २०७१ साउनमा नेपालको राजकीय भ्रमणमा आउँदा मोदीले दुई देश बीचको मित्रता प्रगाढ बनाउन टेलिफोन शुल्क घटाउने प्रतिबद्धता जनाएका थिए । अहिले चार वर्ष बित्न लाग्दा समेत मोदीले गरेका प्रतिबद्धतामा एउटा सामान्य अध्ययनबाहेक कुनै प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दुवै देशका प्रतिनिधि राखेर अध्ययन भए पनि शुल्क घटाउने निर्णय भने कार्यान्वयन नभएको जानकारी दिए । भारतबाट आएको कलमा टर्मिनेसनबापत प्रतिमिनेट ५ रुपैयाँ सम्म शुल्क नेपाली सेवा प्रदायकले पाउने र त्यसको असर राजस्वदेखि समग्र प्रणालीमै देखिने समेत आवाज उठेको थियो । “शुल्क घटाउने विषयमा हामी प्रयासरत छौं” प्रवक्ता अर्यालले भने । प्रधानमन्त्री मोदी स्वयंले गरेको प्रतिबद्धता भएकोले भारतीय पक्ष पनि यस विषयमा गम्भीर हुनु पर्ने उनको भनार्इ छ ।
कारोबारबाट

Logo