एक करोड पुगे हाम्रो पात्रो एपका प्रयोगकर्ता

एक करोड पुगे हाम्रो पात्रो एपका प्रयोगकर्ता


हाम्रो पात्रोको एपका प्रयोगकर्ता एक करोड पुगेका छन् । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा एपले जनाएको छ । 

योसँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको छ । यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, साझेदार र हाम्रोपात्रो टिमलाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ’, उनले भने । 

एपले नेपाली एपहरुमा नयाँ–नयाँ रेकर्ड कायम गर्दै गएको छ । यस अघि १० लाख र ५० लाख पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो । 

Logo