५ जी टेक्नोलोजीको कमाल : ४८३ किमी टाढाबाट बनाइयो रिमोट ट्याटु

५ जी टेक्नोलोजीको कमाल : ४८३ किमी टाढाबाट बनाइयो रिमोट ट्याटु


हालै लण्डनमा रहेका ट्याटु आर्टिस्टले रोबोटिक्सको मद्दतले नेदरल्याण्डमा रहेकी एक महिलाको हातमा ट्याटु बनाएका छन् । यो सबै ५ जी टेक्नोलोजीको मद्दतले सम्भव भएको हो। यो नै संसारको पहिलो रिमोट ट्याटु हो जो ४८३ किमी टाढाबाट बनाइएको हो।

लण्डनका टेक्नोलोजिस्ट नोयल ड्रियुले ५ जी प्रविधिको मद्दतले रोबोटिक आर्मबाट यो ट्याटु बनाएका हुन्। नोयलका अनुसार रियल टाइममा रोबोटको हातमा कन्ट्रोल गरेर महिलाको हातमा ट्याटु बनाइएको हो। ५ जी डाटाको मद्दतले यो सम्भव भएको हो।

ट्याटु आर्टिस्ट वेस थोमसका अनुसार हातमा डिजाइन बनाउनका लागि उनले सयौं पटक आफ्नो इन्स्ट्रुमेण्ट जाँच गरेका थिए। ट्याटु नेदरल्याण्डका अभिनेत्री स्टिन फ्रेन्सनले आफ्नो हातमा बनाएकी थिइन्। यसलाई इम्पोसिबल ट्याटु को नाम दिइएको छ। लकडाउनको समयमा करिब ६ हप्तामा यस्तो प्रविधिको विकास भएको थियो। जसले सयौं किलोमिटरको दूरीमा पनि ट्याटु बनाउन सजिलो भएको थियो।

यो प्रविधिसँग सम्बन्धित धेरै कुरा घरमै तयार गरिएको थियो भने केही बाहिर किनिएको थियो। ट्याटु बनाउन मेशिनलाई निर्देशन दिने तथा ट्याटु बन्नमा कुनै विलम्ब भएन। यसको कारण १, १ मिलिमिटरमा पनि राम्रो परिणाम देखिएको थियो।

यो रियल टाइम ट्याटु प्रक्रियाको पूरा तीन मिनेटको डकुमेण्ट्रीसमेत तयार भएको छ। ट्याटु आर्टिस्ट थोमसले कयौं इन्जिनियरलाई यो प्रक्रियाको बारेमा जानकारीसमेत दिएका छन् । धेरै महिनाको तयारीपछि भएको प्रयोग अन्त्यमा सफल भएको छ।

Logo