कर्णाली प्रदेशबाट ओलीको पतन सुरु भयो : कांग्रेस नेता सिंह

कर्णाली प्रदेशबाट ओलीको पतन सुरु भयो : कांग्रेस नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका हुन् । अब नेपालको राजनीति फरकधारबाट बग्छ भन्ने स्पष्ट संकेत रहेको समेत बताएका छन्।

अहिले बहुमत पाए भन्दैमा ओलीले जथावावी गर्न पाउँदैनन् नेता सिंहले भने, ‘ओली सरकारको पतन सुरु भयो। कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको उनले बताए । अब यो सरकारको आयु धेरै छैन। कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको भन्दै संसदीय पद्धती नै अन्त्य गर्न कम्युनिष्ट लागीपरेको उनको आरोप छ। असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको बैधानिकतासमेत नहुने भन्दै ओलीले सत्ताको आडमा फिजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितता गर्नु पर्ने समेत बताए। 

साथै नेता सिंहले १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताए। लोकतन्त्र जोगाउनका लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ। अहिले पार्टी पदाधिकारीहरुले नै पार्टी निर्णयको बचाउ गर्न नसकेको केन्द्रीय समितिको निर्णय बाहिर गएर अभिब्यक्ति दिंदै हिंडेकाले कांग्रेसका बारेमा अनावश्यक टिक्का टिप्पणी हुने गरेको प्रति चिन्ता व्यक्त गरेका छन्। देश र जनताका लागि कांग्रेसको आगामी महाधिवेशनमा सहि नेतृत्व चयन गर्नु पर्ने समेत उनको भनाइ छ।

नेता सिंहले पार्टी विधि प्रक्रियाबाट सञ्चालन हुन नसकेको पनि बताए । कसैलाई माया गरेर पार्टीका महत्वपूर्ण पद दिंदा कांग्रेस कमजोर भएको उनको दाबी छ। कांग्रेसको भविष्य कार्यकर्ताका हातमा रहेको भन्दै १४ औँ महाधिवेशनमा क्षमतावान नेतृत्व चयन गर्न कार्यकर्तालाई अनुरोधसमेत गरेका छन्।

Logo