क्यान इन्फोटेक-२०२१ स्थगित

क्यान इन्फोटेक-२०२१ स्थगित


आगामी बैशाख २८ गतेदेखि हुने तय भएको क्यान इन्फोटेक-२०२१ स्थगित भएको छ। क्यानका महासचिव नारायण थापाले अर्को निर्णय नभएसम्मका लागि क्यान इन्फोटेक स्थगित भएको जानकारी दिएका छन्।

'कोभिड १९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरुमा व्यापकरुपमा फैलिएको, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक-२०२१ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्श तथा क्यान महासंघको मिति २०७८ साल बैशाख ५ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभएसम्मका लागि हाललाई स्थगित गरिएको छ।'- महासचिव नारायण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

साथै क्यानले तयारीको क्रममा सहयोग पुर्याउने सबैमा आभार तथा धन्यवाद ब्यक्त गर्दै क्यान इन्फोटेक २०२१ स्थगितका कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसँग क्यान महासंघले क्षमा मागेको छ। क्यान इन्फोटेक सन् १९९५ देखि बर्षेनी आयोजना हुँदै आएको छ।

Skip This
Logo