1
1
Kendrabindu - News & Articles from Nepal

स्मार्टफोनसँग जोडिएको भ्रम र जान्नैपर्ने तथ्य

1
1
1
1
1
1
1

स्मार्टफोन किन्दा ब्याट्रीको बारेमा सोच्ने गर्छन् । यसैकारण फोनको बारेमा नराम्रो कुरा फैलिने गर्छ । धैरैजसो प्रयोगकर्तालाई धैरै चार्ज गरेमा फोन ब्लास्ट हुन्छ या अर्को चार्जरले फोन गरेमा ब्याट्री बिग्रिन्छ भन्ने लाग्छ । हेरौं यसबारे देखिएका केही भ्रम र जान्नैपर्ने तथ्य कुरा ।

१. पटक पटक चार्ज गर्नुः
फोनलाई पटक–पटक चार्ज गर्दा ब्याट्रीको आयुमा केही असर गर्दैन । एउटा ब्याट्रीको आयुको फिक्स्ड साइकल हुन्छ । यसलाई निश्चित समयमा मात्र चार्ज गर्न सकिन्छ । तर एक चार्जर साइकलमा अरु चार्ज सामिल गर्न सकिन्छ ।

२. चार्जिङ्गको लागि अनुकुल तापक्रमः
ब्याट्री युनिभर्सिटीको अनुसार लिथियम–आयन ब्याट्रीजको ३२ डिग्री फरेनहाइट भन्दा कममा चार्ज गर्नु हुँदैन् । फोनको पटक पटक कम तापक्रममा चार्ज गर्दा एनोडमा लिथियम आयनको एक स्थायी पत्र बन्छ । जसलाई हटाउन सकिदँैन । यसले गर्दा ब्याट्रीको आयु कम हुन्छ ।

३.अरु एडप्टरबाट चार्जिङः
नयाँ स्मार्टफोनको मोर्डन ब्याट्री प्याक्समा सेफगार्स हुन्छ । जसले त्यति नै इनपुट स्वीकार गर्छ । जति सम्हाल्न सक्छ । आफ्नो फोनमा जुन फिट हुन्छ त्यो एडप्टर प्रयोग गर्न सकिन्छ । फरक सिर्फ चार्जिङ स्पिडमा देखिन्छ । सबै डिभाइसमा छिटो चाजिङ टेक्नोलोजी हुँदैन् । अर्को चार्जरले ब्याट्री चार्ज हुन धैरै समय लाग्छ ।

४. ओभर चार्जिङले ब्लास्टः
ओभर चार्ज गर्दा ब्याट्रीलाई असर गर्दैन तर यसो भन्दैमा धेरेबेर चार्ज नगर्नु नै राम्रो हुन्छ । फुल चार्ज भएपछि फोनले आफैँ चार्ज लिन बन्द गर्छ । यसमा एउटा चिप ईन्टिग्रेट हुन्छ । जसको कारण फोनको ओभरचार्ज हुनबाट बच्छ । यदि तपाईले रातभर फोन चार्जमा छोड्नुहुन्छ भने फोन तात्छ र ब्याट्रीको आयु कम हुन्छ ।

५. नँया फोनको चार्जिङः
नँया फोन लिने बिक्तिकै फुल चार्ज गर्नुपर्छ । यो कुरा पुरानो भइसक्यो अबको जमाना मोर्डन लिथेयिम आयन ब्याट्री हो । यो ब्याट्रीको फुल चार्ज गर्नुपर्छ भन्ने छैन् ।

६. चार्ज गर्ने समयः
फोनको पुरै ब्याट्री सकिएपछि चार्ज गर्दा ब्याट्री बिग्रन्छ । यस्तोमा ३०–४० प्रतिशत हुँदा चार्ज गर्दा राम्रो हुन्छ र ब्याट्रीको आयु लम्बिन्छ ।

 

प्रकाशित: १० असोज २०७५ १२:५४ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी