वैज्ञानिकले पत्ता लगाए हालसम्मको सबैभन्दा पूरानो तारा !

वैज्ञानिकले पत्ता लगाए हालसम्मको सबैभन्दा पूरानो तारा !


तारा बन्नु र विग्रह हुनुलाई अन्तरिक्षमा एउटा सामान्य प्रक्रिया मानिन्छ। वैज्ञानिकको दावी के छ भने हाल पनि ब्रम्हाण्डमा यस्ता खगोलिय पिण्ड छन् जो अन्तरिक्ष निर्माणको समयदेखि अस्तित्वमा रहेका छन् । 

खगोलविद्ले हाम्रो ग्यालेक्सी बाहिर भागमा एउटा अत्यन्त पूरानो तारा पत्ता लगाएका छन् । जो बिग ब्यांगको दशलाख वर्षपछि निर्माण भएको थियो। जसको माध्यमबाट ब्रम्हाण्डको इतिहास पत्ता लगाउन सहयोगी हुनसक्छ। 

पछिल्लो हप्ता प्रकाशित एउटा रिसर्चमा शोधकर्ताले दक्षिणी आकाशमा एउटा खगोलिय सर्भेको दौरान नैरोब्याण्ड फोटोमेट्रो प्रविधिको माध्यमबाट तारा पत्ता लगाएको जनाएका छन्। 

तारा पत्ता लागेपछि वैज्ञानिकले हाइ रेजल्युसन स्पेक्ट्रोस्कोपीको मद्दतले थप अनुसन्धान गरेका छन् । जसको रिसर्च नम्बर SPLUS J210428.01- 004934.2 वा SPLUS J2104-0049 राखिएको छ । वैज्ञानिकका अनुसार उक्त तारा धेरै कम Ultra Metal Poor वाला तारा मध्ये एक हो जसले हालसम्मको सबैभन्दा पूरानो तारामध्ये एक हो भन्ने दर्शाउँछ। 

एरिजोनाको टक्सनमा नेशनल साइन्स फाउण्डेशनको खगोलीय अनुसन्धान प्रयोगशाला NOIRLab  का खगोलशास्त्री विनिसियस प्लाकोले यो अत्यन्त दुर्लभ भएको बताएका छन् । साथै उनले दशकौंको खोजपछि केवल ३५ ताराको बारेमा मात्र जानकारी भएको बताए । 

उनले SPLUS J2104-0049 तारा सूर्यको द्रव्यमानको लगभग ८० प्रतिशत बराबरको एक विशालकाय तारा भएको र कमसेकम १० बिलियन वर्ष पूरानो रहेको बताएका छन् । साथै उनले उक्त तारा ब्रम्हाण्डभन्दा केही मिलियन वर्ष मात्र नयाँ हो । जसलाई खगोलविद्ले १३.८ बिलियन वर्ष पूरानो हो । हाम्रो सूर्य भने केवल ४.६ अरब वर्ष पूरानो भएको अनुमान गरिएको छ। 

खगोलशास्त्री विनिसियस प्लाको ताराका बारेमा एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित अध्ययनको प्रमुख लेखक हुन् । शोधकर्ताले उत्तरी चिलीमा सेरो टोलोलोमा एक दूरबीनद्वारा गरिएको खगोलीय सर्भेको डाटा प्रयोग गरेका थिए।

Logo