चन्द्रमाका कारण सामुद्रीक तटहरूमा बाढीको समस्या आउने नासाको प्रक्षेपण

चन्द्रमाका कारण सामुद्रीक तटहरूमा बाढीको समस्या आउने नासाको प्रक्षेपण


नासाले अगामी दशकमा चन्द्रमामा हुने हलचलका कारण समुद्री तटहरू अग्ला छालबाट सिर्जित बाढीका कारण प्रभावित हुने प्रक्षेपण गरेको छ। 

अर्को दशकको मध्य तिर पर्यावरणीय समस्याका कारण सामुद्रिक सतहमा भइरहेको वृद्धिलाई चन्द्रमाको गुरुत्वाकर्षण प्रभावले गति दिने नासाले जानाएको हो। यस विषयमा ‘युनिभर्सिटी अफ हवाइ’कोसमुद्री सतह परिवर्तन विज्ञान टोली नासाले अध्ययन गरिरहेको छ।  

यद्यपि पृथ्वीको उत्तरी भागमा रहेका सामुद्रिक तटहरू भने अग्लिेन क्रममा रहेकाले अझै केहि दशकका लागि सुरक्षित नै रहने उनीहरूको प्रक्षेपण छ।  
‘नेचर क्लाइमेट चेन्ज’ नामक जर्नलमा प्रकासित उक्त अध्ययन बाढीका सबै समुद्री र खगोलशास्त्रीय कारणहरूलाई समेट्ने पहिलो अध्ययन हो। 

अग्ला छालका कारण आउने बाढीले सामुद्रीक आँधीका कारण आउने बाढीले भन्दा कम पानी बोक्ने भए पनि ढुक्क हुने अवस्था नरहेको अध्ययनमा संलग्न मुख्य वैज्ञानिकले बताएका छन्। 

यस्तो बाढी अउनुका पछाडिको कारण भने चन्द्रमाको १८.६ वर्ष लामो एक चक्र रहेको छ। सौर्य मण्डलको जुन रेखामा पृथ्वी अवस्थित छ, त्यसबाट तलमाथि गर्ने किसिमको चन्द्रमाको एक चक्र हुने गर्दछ।

त्यस्तो चक्र अहिले सोही अवस्थामा पुगेको र जसले सामुद्रिक छालहरूलाई अझ कडा बनाइदिन्छ। अर्थात् अग्ला छालहरू झन् अग्ला हुन्छन् र होचा छालहरू झनै होचा हुन्छन्। सामुद्रिक छालमा चन्द्रमाको गुरुत्वाकर्षणको प्रभाव हुने गर्छ। 

(सीएन्एन्बाट भावानुवाद)
 

Skip This
Logo