जापानले परीक्षण गर्यो सबैभन्दा छरितो इन्टरनेट

जापानले परीक्षण गर्यो सबैभन्दा छरितो इन्टरनेट


इन्टरनेटको स्पीडले हामी सबैलाई कुनै न कुनै समय सताएकै हुन्छ। मेरो इन्टरनेट छिटो भइदिए हुन्थ्यो भन्ने सबैलाई हुन्छ। बढीमा कति स्पीडको इन्टरनेट भइदिए हुन्थ्यो भन्ने तपाईँलाई लाग्छ? 

तपाईँले प्रयोग गर्ने इन्टरनेटको स्पीड केही मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) होला। नेपालको सबैभन्दा छिटो इन्टरनेट प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँको स्पीड १५० एमबिपिएससम्मको हुनुपर्छ। 
जापानको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी संस्थानका वैज्ञानिकहरूको एक समूहले भने इन्टरनेट स्पीडमा नयाँ विश्व कीर्तिमान रचेको छ। 

उनीहरूको स्पीड एमबिपिएसमा भने छैन। यसअघि संसारमा १७८ टेराबिट्स प्रतिसेकेन्ड (टिबिविएस) को इन्टरनेट स्पीड सबैभन्दा उच्च रहेकोमा जापानी वैज्ञानिकहरूको उक्त समूहले ३१९ टिबिपिएसको इन्टरनेट सफलरूपमा परीक्षण गरेको छ। 

कडा मेहनतबाट सम्भव भएको उक्त इन्टरनेट स्पीड प्रयोगमा रहेका फाइबर अप्टिक्सबाट पनि प्रदान गर्न सकिन्छ। अर्थात् हाल प्रयोगमा रहेको इन्टरनेट लाइनबाट नै उक्त स्पीड प्राप्त गर्न असहज छैन। 
हाल आम प्रयोगमा सबैभन्दा उच्च स्पीड भएको देश ताइवान रहेको छ, जहाँको स्पीड ८५.०२ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) रहेको छ। 

Logo