गुगलमा ‘फटाहा’ खोज्दा देउवाको नाम, कसरी हटाउन सकिन्छ?

गुगलमा ‘फटाहा’ खोज्दा देउवाको नाम, कसरी हटाउन सकिन्छ?


अहिले गुगलमा अंग्रेजीमा ‘फटाहा इन नेपाल’ (fataha in Nepal) भनी खोज्दा नतिजामा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम आउँछ। 

यसअघि गुगलमा अंग्रेजी शब्द ‘इडियट’ (idiot)  सर्च गर्दा डोनाल्ड ट्रम्पको तस्वीर देखाएको थियो। यसका लागि गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले अमेरिकी संसदमै जवाफ दिनुपरेको थियो। 

किन त्यस्तो भयो?
‘फटाहा अफ् नेपाल’ सर्च गर्दा देउवाको नाम आउनुको पछाडि मुख्य कारण हो–‘अल्गोरिदम’। गुगलमा कुनै पनि कुरा सर्च गर्दा त्यसलाई निर्देशित गर्ने मुख्य कुरा अल्गोरिदम हो। कुन शब्द के अथवा कोसँग जोडेर प्रयोग हुँदैछ र त्यो कत्तिको बढी प्रयोग हुन्छ भन्ने आधारमा सर्चको नतिजा भर पर्छ। कुनै शब्दलाई कुनै व्यक्तिसँग जोडेर प्रयोग गर्दा बढी नै भएको खण्डमा गुगलले आफ्नो अल्गोरिदमका कारण त्यो शब्द र मानिसलाई जोडेर हेर्छ र नतिजामा त्यस्तै आउँछ। देउवा र ट्रम्पको हकमा भएको त्यही हो। 

यसबाट देउवालाई ‘फटाहा’ शब्दले अत्याधिक सम्बोधन गरिँदैछ भन्ने अर्थ लाग्छ। 

गुगलमै उजुरी दिए हट्न सक्ने 

देउवाले आफ्नो नाम त्यसरी देखिएकोमा गुगलमै उजुरी दिन सक्छन्। उनले गुगलमा उक्त सर्च गर्दा देखाउने पेजको अन्त्यमा ‘प्रतिक्रिया’ दिनुहोस् भन्ने विकल्प हुन्छ। त्यहाँ गएर समस्या भएको कुराको स्क्रीनसट पठाएर गुनासो राख्न सक्छन्। त्यस्तै कुनै कानूनी कारणले केही परिवर्तन ल्याउनु परेमा कानूनी सहयोग पेजमार्फत् आग्रह गर्न सकिन्छ।

Skip This
Logo