संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरीक्षतर्फ (हेर्नुहोस् भिडियो)

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरीक्षतर्फ (हेर्नुहोस् भिडियो)


आफ्नै कम्पनी ब्लु ओरिजिनको अन्तरीक्ष यानमा जेफ बेजोस अन्तरीक्ष यात्रा गर्दैछन्। 

११ मिनेटका लागि तय गरिएको उक्त उडानमा बेजोसका साथमा उनका भाइ मार्क बेजोसका साथै वाली फंक र ओलीभर ड्यामेन रहेका छन्। 

८२ वर्षीया फंक संसारकै सबैभन्दा बढी उमेरकी अन्तरीक्ष यात्री हुने दाउमा छिन् भने ड्यामेन सबैभन्दा कान्छा अन्तरीक्षयात्री हुन लागेका हुन्।

बेजोसले सानैदेखि अन्तरीक्षमा उड्ने चाहना राखेको खुलासा गरेका थिए। 

 

Logo