हुवावेले किन ल्यायो आफ्नै अपरेटिङ सिस्टम भएको फोन?

हुवावेले किन ल्यायो आफ्नै अपरेटिङ सिस्टम भएको फोन?


हुवावेले आफ्नै अपरेटिङ सिस्टम भएको ‘पी ५०’ सिरिज सार्वजनिक गरेको छ। ‘हामोर्नी’ नाम दिइएको हुवावेको आफ्नै अपरेटिङ सिस्टम रहेको ‘पी ५०’ र ‘पी ५० प्रो’ सुरुवाती फोनहरू हुन्। 

सुरुवाती चरणमा चिनियाँ बजारमा मात्रै उपलब्ध हुने गरी हुवावले ‘पी ५०’ र ‘पी ५० प्रो’ स्मार्टफोन सार्वजनिक गरेको हो। ‘पी ५०’ मोडलको स्क्रीन साइज ६.५ इन्च रहेको छ भने ‘पी ५० प्रो’ को ६.६ इन्च रहेको छ। ‘पी ५०’  मा ब्याट्री क्षमता ४३६० एमएच छ भने ‘पी ५० प्रो’ मा ४१०० एमएएच रहेको छ। र्याम भने दुवै मोडलको ८ जिबी रहेको छ। 

‘पी ५०’ को तुलनामा ‘पी ५० प्रो’ को क्यामेरा पावरफुल छ। ‘पी ५०’ मा ५० मेगापिक्सेलको मुख्य क्यामेराका साथै १२ मेगापिक्सेलको टेलिफोटो र १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स रहेका छन्। ‘पी ५० प्रो’ मा चार वटा रियर क्यामेरा रहेका छन्, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने, ६४ मेगापिक्सेलको टेलिफोटो लेन्स, ४० मेगापिक्सेलको मोनोक्रोम र १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स पनि रहेका छन्। 

‘पी ५०’ (८ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज) को मूल्य ६ सय ९५ डलर तोकिएको छ भने ‘पी ५० प्रो’ (८ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज) को मूल्य ९ सय २७ डलर तोकिएको छ।

यावत् विशेषताका बाबजुद अहिले सबैभन्दा बढी चर्चा भने हुवावेको आफ्नै अपरेटिङ सिस्टमको भइरहेको छ। हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउँदैछ भन्ने हल्ला सन् २०१२ देखि नै चल्दै आएको हो। अमेरिकाको वाणिज्य मन्त्रालयले २०१९ को मे महिनामा इरानलाई अमेरिकी सामग्री, प्रविधी र सेवा उपलब्ध गराएको भन्दै व्यापार प्रतिबन्ध लगाएको थियो। 

यस किसिमको प्रतिबन्धका कारण हुवावेसँग अमेरिकी कम्पनीले व्यापार गर्न नपाउने भए। अमेरिकी कम्पनी गुगलका सेवाबाट हुवावेका फोनहरू बर्जित भएसँगै स्मार्टफोन बजारमा हुवावेले आफ्नो हिस्सा गुमाउँदै गएको थियो। त्यस पश्चात हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउने कुराले झनै चर्चा पाउन थाल्यो। सन् २०१९ को अगस्टमा सार्वजनिक भएको ‘हार्मोनी’ अपरेटिङ सिस्टम अब भने बजारमा आउने भएको हो।

Logo