एन्ड्रोइडका पुराना संस्करण अब गुगलका सेवाबाट बञ्चित

एन्ड्रोइडका पुराना संस्करण अब गुगलका सेवाबाट बञ्चित


गुगलको एन्ड्रोइडका २.३.७ (जिन्जरब्रेड) र त्यसभन्दा पहिलेका संस्करण भएका फोनमा गुगलका एप तथा सेवाहरू प्रयोग गर्न नसकिने भएको छ।

आगामी सप्टेम्बर २७ देखि त्यस्ता फोनमार्फत् गुगल अकाउन्टमा लगइन गर्न नसकिने भएको हो। 

यो प्रावधान डिसेम्बर २०१० भन्दा अघि सार्वजनिक भएका एन्ड्रोइडको संस्करण भएका फोनलगायत डिभाइसहरूमा लागू हुनेछ। यसबाट प्रभावित हुने प्रयोगकर्तालाई अपरेटिङ सिस्टम अपडेट गर्न वा नयाँ डिभाइस प्रयोग गर्न गुगलले सल्लाह दिएको छ।

Logo