४२ सेवा नागरिक एपमार्फत उपलब्ध गराउने सरकारको तयारी

४२ सेवा नागरिक एपमार्फत उपलब्ध गराउने सरकारको तयारी


सरकारले चालु आर्थिक वर्षभित्रै ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत् उपलब्ध गराउने भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनामा त्यस्तो योजना तय गरिएको हो। आगामी एक वर्षको अवधिमा थप २० सरकारी सेवा नागरिक एपमा समावेश गर्ने योजना मन्त्रालयको छ।

सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत् उपलब्ध गराउने उद्देश्यका साथ ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयका अनुसार हालसम्म ३५ सरकारी सेवा अनलाइनमार्फत उपलब्ध छन्, जसमध्ये २२ सेवा नागरिक एपमा जोडिइसकेको उल्लेख गरिएको छ।

सरकारका सबै सेवा एकै प्लेटफर्मबाट उपलब्ध हुँदा सेवाग्राहीलाई सहज हुने भएकाले सरकारले नागरिक एप ल्याएको हो।

Logo