विज्ञान क्षेत्रमा ठूलाे उपलब्धीः वैज्ञानिक प्रयोगशालामै कलेजो तयार, पहिलो प्रयोग मुसामा

विज्ञान क्षेत्रमा ठूलाे उपलब्धीः वैज्ञानिक प्रयोगशालामै कलेजो तयार, पहिलो प्रयोग मुसामा


कलेजोका बिरामीका लागि  खुसीको खबर आएको छ। ब्राजिलका वैज्ञानिक प्रयोगशालामै कलेजो तयार गर्न सफल भएका छन्। सबैभन्दा ठूलो कुरा त बिरामीको कोशिकाबाट बनेका यस्ता कलेजोलाई शरीरले चाँडै नै स्वीकार गर्छ।

ब्राजिलको साओपाओलो इन्स्टिच्युट अफ बायोसाइन्सेजका ह्युमन जिनोम एण्ड स्टेम सेल रिसर्च (HUG-CELL- Human Genome and Stem Cell Research Center) का वैज्ञानिकले प्रयोगशालामा मानव कोशिकाबाट कलेजो निर्माण गर्ने तथा बनाउने प्रविधिको विकास गरेका हुन्।

यसको पहिलो प्रयोग मुसामा गरिएको थियो। मेडिकल एक्सप्रेस डट कमको रिर्पोटमा जनाइए अनुसार प्रुफ अफ कन्सेप्ट स्टडी मुसाको कलेजोबाट नै बनाइएको थियो।

यस अध्ययनको अबको  चरणमा  वैज्ञानिकहरु मानवमा  प्रत्यारोपणका लागि  कलेजो उत्पादनतर्फ लाग्दैछन्। लेखमा जनाइए अनुसार वैज्ञानिकहरुले अब प्रयोगशालामा ठूलो संख्यामा कलेजो उत्पादन गर्ने सोच बनाएका छन्। यसबाट अंग दान गर्ने दाता खोज्ने झन्झट  तथा प्रत्यारोपणबाट शरीरले अंग अस्वीकार गर्ने समस्या स्वतः  समाप्त हुनेछ।

यस लेखका लेखक लुइस कार्लोज डे केयर्स जुनियरका अनुसार कलेजो उत्पादन डिसेल्युलराइजेशन (decellularization) तथा रिसेल्युलराइजेशन (Recellularization )प्रविधिमा आधारित हुनेछ। हालै टिस्यु बायोइन्जिनियरिंग प्रविधिमा धेरै काम भएको छ।

यस प्रक्रियामा प्रयोगशालामा मानिसका लागि कलेजोको टिस्युबाट  सेललाई अलग गर्नका लागि अनेक प्रकारका  एन्जाइम तथा डिटर्जेण्ट प्रयोगमा ल्याइन्छन्। यस प्रक्रियामा एक्स्ट्रासेल्युलर म्याट्रिक्स पृथक हुन जान्छन्  तथा सेलको मूल संरचना र बाहिरी आकार मात्र बाँकी रहन्छ। त्यसपछि  एक्स्ट्रासेल्युलर म्याट्रिक्सलाई बिरामीसँग लिइएको सेलसँग राखिन्छ। यसबाट प्रत्यारोपण पछि बिरामीको शरीरले अंग अस्वीकार गर्दैन।

HUG-CELL (Human Genome and Stem Cell Research Center ) को प्रमुख खोजकर्ता मयाना जेट्जका अनुसार यस प्रक्रियाबाट रिकण्डिशन कलेजोलाई सजिलै प्रत्यारोपण गर्न सकिन्छ। किनकि यसलाई बिरामीको कोशिकाबाट नै बनाइएको हुन्छ।

बहुधा परिस्थिति कस्तो हुन्छ भने एक्सिडेन्टमा मारिएका व्यक्तिको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्न। अब यस प्रविधिको सहयोगले एक्सीडेन्टमा मारिएका व्यक्तिको अंगलाई प्रत्यारोपणका लागि अनुकूल बनाउन सकिन्छ। मेडिकल साइन्सको क्षेत्रमा यस प्रविधिलाई वरदानका रूपमा लिइँदैछ।

Logo