नासोले पुरा गर्यो चौधौं वर्ष

नासोले पुरा गर्यो चौधौं वर्ष


नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतनामुलक गतिविधि गर्दै आएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) पन्ध्रौं वर्षमा प्रवेश गरेको छ।

२०६४ सालबाट सुरु भएको नासो विभिन्न आरोह–अवरोह पार गर्दै भदौ ९ गतेदखि विधिवत् रूपमा चौध वर्ष पूरा गरी पन्ध्र वर्षमा प्रवेश गरेको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 

नासोले खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि उचित वातावरण सिर्जना गर्दै आएको छ। वार्षिकोत्सवका अवसरमा नासोले भर्चुअल इभेन्ट गरी नासोको अभियानमा साथ दिने देशभित्र तथा बाहिरका व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।

कोभिड–१९ को महामारीबीच नासोले खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी केही महत्वाकांक्षी योजना सुरु गर्ने नासोको भनाइ छ।

Logo