टेलिकमले फोरजी थप गुणस्तरीय बनाउदै फाइभजी परीक्षण गर्ने

टेलिकमले फोरजी थप गुणस्तरीय बनाउदै फाइभजी परीक्षण गर्ने


नेपाल टेलिकमले फोरजी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ । रोल …

सोमवार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताएका हुन् । उनले फाइभजी सेवालाई परिक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताए । प्रवन्ध निर्देशक अधिकारीले देशभरीको फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिने पनि उल्लेख गरे । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उहाँले स्पष्ट पारे ।

प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताए । उनले भने – ‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एल आइ. भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरणसँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एलआइ इक्वीपमेन्ट किन्न पाइदैन ।’

उनले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पुर्‍याउने दायित्वको साथ काम गरिरहेको बताए । 

Logo