‘भिडियो कलले वृद्ध वृद्धालाई डिमेन्सिया हुनबाट जोगाउँछ’: अध्ययन

‘भिडियो कलले वृद्ध वृद्धालाई डिमेन्सिया हुनबाट जोगाउँछ’: अध्ययन


कोरोनाका कारण मानिसहरुमा भौतिक भेटघाटको दूरी बढेको छ। जसका कारण आपसी सम्बन्धमा पनि टाढापन महसुस गर्न थालिएको छ। तर, यस्ता टाढापन कम गर्न भिडियो कल मद्धतगार भइरहेको छ। 

यसको असर वृद्धवृद्धामा झन धेरै देखिएको छ। अध्ययनका अनुसार जुम एपमा दैनिक कुराकानी गर्दा डिमेन्सियाका बिरामी वृद्धहरुको अवस्थामा सुधार आएको पाइएकाे छ।

शोधकर्ताका अनुसार नियमित संचार सम्पर्क हुँदा वृद्धहरुको स्मृति लामो बनाउन मद्दत गरेको उल्लेख छ। 

युनिभर्सिटी अफ लन्डनको गेलर इन्स्टिच्युट अफ एजिंग एण्ड मेमोरीद्वारा ११ हजार ४१८ जना पचास वर्ष भन्दा माथिका महिला तथा पुरुषको अध्ययन गरिएको थियो। उक्त दौरान उनीहरु फोनमा वा अनलाइनमा कसरी आफ्नो परिवारसँग कुरा गर्छन् भन्ने बारेमा सोधिएको थियो। यसपछि उनीहरुको स्मृति पनि जाँच गरिएको थियो। 

यसमा एउटा लिस्ट पनि थियो, जसमा सहभागीले दश शब्द याद गरेर लेख्नुपर्ने थियो। जो सहभागी आफ्नाहरुसँगै हुन्छन् उनीहरु भन्दा प्रविधिको प्रयोग गरेर साथीभाई तथा आफन्तसँग कुराकानी गर्नेको स्मृति राम्रो रहेको पाइयो। 

प्रमुख शोधकर्ता स्नोरी रेफसनका अनुसार लकडाउनको समयमा धेरै मानिस प्रविधिको प्रयोग गरेर आपसी सम्बन्ध बढाइरहेका छन्। यसले के प्रमाणित भएको छ भने प्रविधिको प्रयोगले आपसी सम्बन्ध बढाउन तथा सामाजिक दूरी घटाउन मद्दत गरिरहेको छ। यसले हाम्रो मस्तिष्कको बिमारी हटाउन पनि मद्दत गरेको पाइयो। 

Logo