ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट


ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ। सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरुकाे अकाउन्ट हटाएकाे हाे। 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय उहिगुरलाई हाेच्याउने लगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएकाे छ', ट्विटरले एक प्रेस विज्ञेप्तिमा भनेकाे छ। 

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेकाे सिनजियाङ प्रान्तका उहिगुर मुसलमानकाे नरसंहार गरेकाे अ‌ाराेप लाग्दै अ‍ाएकाे छ। विज्ञहरुका अनुसार १० लाख भन्दा बढी उहिगुरलाई विभिन्न शिविरमा राखिएकाे छ। उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले अ‍ालाेचना गर्दै अ‍ाएकाे छ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ। तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‍ाफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयाेग गर्दै अ‍ाएकाे छ। 

बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङकाे क्षेत्रीय सरकारसँग जाेडिएकाे च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएकाे छ। 

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएकाे छ। 

त्यसैगरी, मेक्सिकाेका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएकाे जनाइएकाे छ। त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएकाे भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएकाे छ। अर्काेतर्फ राष्ट्रपति याेवेरी मुसीभेनीकाे प्रचार गरेकाे भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन्।एजेन्सी

Logo