‘आइसिटी अवार्ड २०२१’ : विभिन्न विधामा व्यक्ती तथा संस्थाहरू सम्मानित

‘आइसिटी अवार्ड २०२१’ : विभिन्न विधामा व्यक्ती तथा संस्थाहरू सम्मानित


३० भन्दा बढी संस्थाहरूको सहकार्यमा एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को छैटौँ  संस्करण राजधानीस्थित सोल्टी होटलमा सम्पन्न भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मन्त्री कार्कीले नयाँ सोच र प्रविधिको विकासमा आइसिटी अवार्डले सहयोग पुर्‍याउने बताएका छन् । आइसिटी क्षेत्रमा काम गर्ने युवालाई आइसिटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रस्फुटनमा मद्दत पुर्‍याउने उनको भनाइ रहेको छ ।

कार्यक्रममा ११ विधा र १ जुरी मेन्सनसहित १२ विधामा अवार्ड प्रदान गरिएको । आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इनोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश गरिएको थियो । 

अवार्डका लागि तयार पारिएका १२ विधाहरूका लागि १५० बढीको आवेदन प्राप्त भएको आयोजकले जनाएको छ ।

व्यक्तिगत विधाहरुमा इन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्डहरू प्रदान गरिएको थियो ।

संस्थाहरूलाई प्रदान गरिने अवार्डतर्फ डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड रहेका थिए ।

उक्त कार्यक्रममा विजेताहरूलाई नेपाल टेलिकमले वर्षको १२० जिबीको डेटा प्याकेज उपलब्ध गराउनेछ भने डिसहोमले उच्चगति फाइबर नेट प्रदान गर्ने घोषणा गरेको छ ।

आइीसटी अवार्ड २०२१ का विजेतालाई बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म विना धितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान समेत गर्ने भएको छ ।

त्यस्तै विभिन्न विधाका उत्कृष्टहरूलाई ई सेवाले प्रतिव्यक्ति २५ हजार रुपैयाँ सम्मन  स्वरूप उपलब्ध गराएको छ ।

यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढिको अनलाइन नोमिनेशन प्राप्त भएको थियो। 

एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी अवार्ड २०२१ बाट आइसिटी विज्ञ मनोहर कुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल वुमन आइसिटी अवार्ड २०२१ नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले प्राप्त गरिन्। आन्टप्रेनर आइसिटी अवार्ड योमरी कम्पनीका सस्थापक दिपेश प्रधानले प्राप्त गरे । नेपाली डायस्पोरा आइसिटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरिएको थियो । 

आइसिटी अवार्डमा शिक्षा र गभर्नेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड यस वर्ष भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ। विभिन्न ३० बढि सरकारी सस्थाहरुको प्रतिस्पर्धामा विभागले अवार्ड प्राप्त गरेको हो । यसैगरी डिजिटल सर्भिसेस आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले प्राप्त गरेको थियो। डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमशः कालिका मानवज्ञान बुटवल र रातोवंगला स्कुल पाटनले प्राप्त गरेका छन्। 

अवार्डमा महत्वपूर्ण र प्रतिस्पर्धात्मकरुपमा पब्लिक भोटिङसमेत सञ्चालन भएका विधाहरुमध्ये ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मिखा प्रडक्टले प्राप्त गर्यो । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरुले तयार पारेको मुसुरले प्राप्त गरेको छ । यि तीन विधाका उत्कृष्ट १०र१० गरि ३० मध्येबाट पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीले प्राप्त गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. बैकुण्ठ अर्याल, सचिव शुरेश आचार्य, राष्ट्रिय योजना आयोगका माननिय सदस्यहरु डा. पुष्प रमण वाग्ले र डा. रामकुमार फुयालले विजेतालाई अवार्ड प्रदान गरेका थिए । 

अर्थमन्त्रीका बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा विजेताहरुले अवार्डसँगै विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सरकारी संस्था, बैंक तथा कर्पोरेट, आइटी, शिक्षा क्षेत्रसँगै उद्यमी र स्टार्टअपहरुको बाक्लो उपस्थिती रहेको थियो । 
७ सयभन्दा बढिको प्रत्यक्ष उपस्थिती रहेको कार्यक्रममा र हिमालय टेलिभिजन, अनलाइन र हाम्रोपात्रोबाट अवार्डको कार्यक्रम प्रत्यक्ष प्रशारण भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै आयोजक समितिका अध्यक्ष राजन लम्सालले आइसिटी अवार्ड सबैको सहकार्यमा नेपाली स्टार्टअप, इन्नोभेसन तथा डिजिटल इकोसिस्टमको विकासको लक्ष्यका साथ अघि बढि रहेको महत्वपूर्ण अभियान रहेको बताए । 

अवार्ड विजेताले महत्वपुर्ण अवार्डसँगै स्टार्टअप तथा इन्नोभेसनका ३ विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण ऋण सुविधा, एनसेलले वुमन आइकनलाई ३ लाख रकम पुरस्कार, ह्वावेले ५ स्टार्टअपलाई ३ लाख बराबरको ह्वावे क्लाउड सेवा, जिनस सोलुसनले विजेतालाई निःशुल्क कन्सल्टेन्ट र २ विद्यालयलाई एकवर्षको जुम सुविधा, नेपाल टेलिकमले सबै विजेतालाई आकर्षक डेटा प्याकेज, डिसहोमले इन्टरनेट सुविधा, इसेवा तथा अन्य सहयोगी सस्थाहरुले थप पुरस्कार प्रदान गरेका थिए । 

यी हुन् एफवान सफ्ट आइसिटी अवार्ड २०२१ विजेताहरु 
१. ह्वावे स्टार्टअप आइसिटी अवाड – खेती भेञ्चर
२. प्रडक्ट आइसिटी अवार्ड– मिखा
३. राइजिङ स्टार आइसिटी अवार्ड – मशुर
४. नेपाल बैंक पायोनियर आइसिटी अवार्ड– मनोहर कुमार भट्टराई
५. एनसेल वुमन आइकन आइसिटी अवार्ड– गुण केशरी प्रधान
६. आन्टरप्रेनर आइसिटी अवार्ड– दिपेश प्रधान, योमरी
७. नेपाली डायस्पोरा आइसिटी अवार्ड– प्रशन्न ढुंगेल, ग्रोवाइडेटा 
८. डिजिटल सर्भिसेस आइसिटी अवार्ड – नेपाल क्लियरि हाउस लिमिटेड
९ं डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग
१०.डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल
११. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय
१२. पब्लिक च्वाइस आइसिटी अवार्ड– बगभी

Logo