चीनद्वारा नयाँ अप्टिकल उपग्रह ‘जियान-१ ०२ इ’ काे सफलतापूर्वक प्रक्षेपण

चीनद्वारा नयाँ अप्टिकल उपग्रह ‘जियान-१ ०२ इ’ काे सफलतापूर्वक प्रक्षेपण


चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङको लागि नयाँ अप्टिकल उपग्रह,  जियान-१ ०२ इ सफलतापूर्वक प्रक्षेपण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (CNSA) ले आइतबार  जनाएको छ।

स्थानीय समय अनुसार आइतबार बिहान ११:११ बजे (०३:११  जि एम टी) देशको उत्तरपश्चिमी प्रान्त शान्सीको ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च-४ सी (चाङ्झेङ ४ पनि भनिन्छ) प्रक्षेपण वाहन प्रयोग गरी प्रक्षेपण गरिएको स्पुतनिकले जनाएको छ। 

पृथ्वीको सतहको फोटो खिच्नुका साथै जियान-१ ०२ इ ले स्थलीय प्राकृतिक स्रोतहरूको अध्ययन र व्यवस्थित गर्ने अन्तरिक्ष एजेन्सीले  उल्लेख गरेको छ।

जियान-१ ०२इ को अतिरिक्त एउटा सानो वैज्ञानिक उपग्रह जुन चीन-अफ्रिका अन्तरिक्ष अन्वेषण परियोजनाको उपनाम जिवाङ  (होप) को भाग हो। उच्च विद्यालयका विद्यार्थीहरूको लागि अनुसन्धान प्लेटफर्मको रूपमा प्रयोग गर्न सो उपग्रह कक्षमा पठाइएको हो।एजेन्सी

Logo