चीनले बनायो वास्तविक सूर्यभन्दा पाँच गुणा ताप भएको ‘कृत्रिम सूर्य’

चीनले बनायो वास्तविक सूर्यभन्दा पाँच गुणा ताप भएको ‘कृत्रिम सूर्य’


चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ। भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो।

एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ। ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो।

पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ उर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन्। साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो। त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो। कृत्रिम सूर्यको यो तापक्रम  १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रम सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको थियो ।

कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन् ।एजेन्सी

Logo