विज्ञानको अर्को चमत्कारः सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

विज्ञानको अर्को चमत्कारः सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण


अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ। डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो। वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन्।

प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ। बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो। 

प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ। उनी अब कति समयसम्म बाँच्छन् भन्ने केही प्रष्ट गरिएको छैन। 

‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन,’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए, ‘अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो । तर मैले अन्तिम विकल्प रोजे। ’

शल्यक्रिया पुरा गर्न युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकी मेडिकल नियामक निकायले एउटा विशेष छुट दिएको थियो, ताकी बेन्निट बाँच्न सकुन। उनको स्वास्थ्य अवस्था कमजोर भएकोले उनलाई मानव अंग प्रत्यारोपण गर्न असम्भव देखिएको थियो। 

प्रत्यारोपणमा सफलतासँगै वर्षौंसँग त्यसबारे अध्ययन गरेका मेडिकल टिममा थप हौसला बढेको छ र यसले विश्वभर मानिसहरुको जीवनलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ।एजेन्सी

Logo