‘चन्द्रमा र एन्टार्टिकामा पनि सुन खानी छ, उत्खनन् गर्न भने कठिन’

‘चन्द्रमा र एन्टार्टिकामा पनि सुन खानी छ, उत्खनन् गर्न भने कठिन’


पृथ्वीमा कति सुन छ भन्ने कुरा ठ्याक्कै थाहा पाउन नसकिए पनि हाम्रो ग्रह मात्रै सुनको खानी होइन। चन्द्रमामा पनि सुन छ। तर अहिलेको मूल्यमा चन्द्रमामा सुन उत्खनन् गरेर पृथ्वी ल्याउन धेरै महँगो पर्छ।

"त्यहाँ भए पनि उत्खनन् गर्नु फाइदाजनक छैन," अन्तरिक्ष विज्ञ सिनेड ओसुलेभान भन्छन्। "बेचेर आउने पैसाभन्दा धेरै उत्खनन् गर्दा लाग्छ।"

एन्टार्टिकामा पनि सुन खानी छन् तर त्यहाँ उत्खनन् गर्ने कार्य पनि त्यहाँको चरम मौसममा कहिल्यै फाइदाजनक नहुन सक्छ। समुद्रको भुँइमा पनि सुन खानी छन् तर ती पनि फाइदाजनक छैनन्।

खनिज तेलको तुलनामा सुनको फाइदा भनेको यो पुनर्प्रयोग गर्न मिल्छ। त्यसैले सुन खानीमा सुन सकिए पनि संसारमा सुन बाँकी रहन्छ।

मोबाइल फोन जस्ता उपकरणमा प्रयोग भएका सुन भने हराएर जान्छन् तर एउटा मोबाइलमा एकदमै थोरै मात्र सुन हुन्छ र ती सुनलाई झिक्ने प्रयासहरू सुरु भइसकेका छन्।

ठूलो परिमाणमा सुन उत्खनन् गर्ने कार्य कठिन हुन्छ र यसका लागि जमिनमुनि र माथि निकै उपकरण, विज्ञता र मानव स्रोत आवश्यक पर्छ।

"विशाल, कम खर्चिलो र पुराना खानीहरूमा सुन सकिँदै गएकाले उत्खनन कार्य कठिन हुँदै गएको छ।"  "चिनियाँ खानीहरू साना छन् त्यसैले खर्चिला छन्।"

सन् २०२० को अगस्टमा महामारीका कारण धेरै लगानीकर्ताहरूले सुनमा लगानी गर्न चाहेपछि सुनको मूल्य सबैभन्दा उच्च भएको थियो।

विश्वमा सुन खानी नखोजिएका ठाउँहरू कमै छन्। सङ्घर्षग्रस्त पश्चिम अफ्रिकामा सुनखानी हुनसक्ने अनुमान गरिन्छ।

पृथ्वीमा भूकम्प गए जस्तै चन्द्रमामा पनि जान्छ 'चकम्प'

तपाईंलाई लाग्न सक्छ पृथ्वीमा मात्र भुइँचालो जान्छ। तर तपाईं गलत सोचाइमा हुनुहुन्छ। पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको छ। अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको जनाएको छ।

चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको म्युजियमले जनाएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको म्युजियमको दाबी छ। केही चकम्प ५ रेक्टर स्केलसम्मका पनि छन्।

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टमा चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेको म्युजियमका वैज्ञानिक टमस वेटर्सले जनाएका छन्। एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्।

यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको दाबी छ। यस्ता फल्ट भर्‍याङजस्तै छन्। कुनै कुनै त १० मिटरसम्म अग्ला छन्। यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन्।

वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताए। त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चकम्पबारे पत्ता लागेको उनको दाबी छ। नासाले पठाएको लुनार स्पेसक्राफ्ट (एलआरओ) ले फल्टबारे सटिक जानकारी दिएको उनको भनाइ छ।बीबीसीबाट

Logo