५ जी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्रीको निर्देशन (भिडियाे)

५ जी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्रीको निर्देशन (भिडियाे)


सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५ (फाईभ)जी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।

मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराएका हुन् । मन्त्री कार्कीले भने, ‘फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइ सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसै गरी नेपाल दूर सञ्चार प्राधिकरणबाट ५ (फाईभ) जीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु । देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैत्री सेवा पुर्‍याउने नै छ ।’

मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरूलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम समक्ष हुने बताए । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईजी सेवा तत्काल परीक्षण गर्न

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, 5 February 2022

Logo