विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस


आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन् गरिन्छ । अन्य देशको तुलनामा नेपालमा लैगिंक असमानता धेरै छ। अझै पनि महिलालाई भेदभाव गर्नै प्रचलन छ ।

छोरालाई विद्यालय पठाएर छोरीलाई अर्काको घरमा जाने जात भन्दै उनीहरूलाई स्कुल जाने पूर्ण वातावरण बनिसकेको छैन । नेपाली समाज पुरै साक्षर भइसकेको छैन । देशमा पुरुषको साक्षरता दर ७१ दशमलव ६ प्रतिशत छ । महिलाको साक्षरता दर करिब ४४ प्रतिशत मात्रै छ ।   

अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक खोज, अनुसन्धान गर्ने व्यक्तिहरूको सूचीमा महिलाको सहभागिता संख्या ३० प्रतिशतभन्दा कम पाइन्छ । यो आँकडाले नै महिला पछाडि परेको पुष्टि हुन्छ ।

जबसम्म विज्ञानमा महिलाको समान पहुँच र उत्साहजनक सहभागिता हुँदैन, तबसम्म महिला–पुरुषबीचको असमानताको अन्तरलाई घटाउन सकिँदैन। अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अहिले दिनप्रतिदिन विज्ञानको महत्त्व अत्यन्त बढेको छ । 

Skip This
Logo