नेपाल इन्जिनियरिङ कलेजका शिक्षक-विद्यार्थीले बनाए ‘बाटो छेके छलेर हिँड्ने रोबोट’

नेपाल इन्जिनियरिङ कलेजका शिक्षक-विद्यार्थीले बनाए ‘बाटो छेके छलेर हिँड्ने रोबोट’


नेपाल इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन्। यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो।

रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिंगका सहप्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिंगका उपप्राध्यापक अभिनाश खत्री केसी मुख्य टिम मेम्बरका रुपमा संग्लग थिए। यस्तै, विद्यार्थीबाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सव खड्का सम्लग्न थिए।

रोबोटलाई अटोमेटिक तथा म्यानुअल मोडमा काम गराउन सकिने छ। म्यानुअल मोडमा काम गराउन एउटा छुट्टै मोबाइल एप पनि बनाइएको छ। मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ। यसलाई आफूले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर सकिने छ। 

अटोमेटिक मोडमा भने यो आफैं गन्तव्यमा पुग्छ। यसको लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीच वायरलेस नेटवर्क रहेको छ। मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ। त्यससँगै त्यहाँ डेस्कटप एप पनि हुन्छ । 

नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसँगै आबद्ध डेस्कटप एपको मध्यमवाट नर्सले रोबोट पुग्नुपर्ने ठाउँहरू इंकित गर्न सक्नेछन्। एकचोटी यसरी ठाउँहरू निश्चित भएपश्चात रोबोट आफैं त्यो ठाउँमा पुग्नेछ र नयाँ गन्तब्य इंकित नगरेसम्म उक्त ठाउँ नै घुमिरहन्छ। यसरी आफ्नो गन्तव्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने वस्तुहरु भेटे त्यसलाई छलेर जानेछ।

साथै अगाडि कुनै मान्छे भेटेमा रोबोटले बाटो छोड्न स्पीकरमार्फत अनुरोध पनि गर्छ। ‘रोबोटमै रहेको क्यामेराले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्छ र एआई टेक्नोलोजी मार्फतबाट अगाडि मान्छे आए थाहा पाउँछ,’ टोलीमा संलग्न नेपाल इन्जिनियरिङ कलेजका सहप्राध्यापक रुपेश दही श्रेष्ठले भने । 

यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरूबाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशील श्रेष्ठलगायतकाको पनि उलेख्य भूमिका रहेको सहप्राध्यापक सचिन श्रेष्ठले बताए। एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्स पनि सजिलै थप्न सकिने छ।

Logo