९ जेठ २०७९ सोमबार
1
1
1
1

मुगुमा नेपाल टेलिकमको टावर एक महिनामा तीन पटक तोडफोड

1
1
1
1
1
1

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुको सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेको छ । योसहित एकै महिनामा टावरमा तोडफोड भएको तेस्रो पटक हो ।  

सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाको तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

तोडफोडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेको छ । २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएको प्राविधिक टोलीले  २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन २६ वैशाख मै पुन तोडफोड भएको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए । 

डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा ब्यावस्था नभएकाले स्थानीयवासी र बादरले  पनि क्षेति गर्ने गरेको छ । प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेको पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भैसकेको छ । 

समाज

प्रकाशित: २८ बैशाख २०७९ १४:०३ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी