आज ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै

आज ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै


आज विश्व दूरसञ्चार र विश्व उच्च रक्तचाप दिवस । नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरेर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदैछ । 

सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । 

सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरि १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो । सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो ।

सन् १९७४ मा माइक्रोवेभ लिंकलाई बिस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो । सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो ।

आज विश्व उच्च रक्तचाप दिवस 
आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर आज विश्व उच्च रक्तचाप दिवस मनाइँदैछ । पछिल्लो समय नेपालमा धेरै वयस्कहरुमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन् । शहरी क्षेत्रमा यसको अझ बढी जोखिम रहेको विज्ञहरुको भनाइ छ।   

Skip This
Logo