सामाजिक सञ्जालमा भाइरल गुलाबी आकाशको राज खुल्यो, के रहेछ यस्तो हुनुको कारण ?

सामाजिक सञ्जालमा भाइरल गुलाबी आकाशको राज खुल्यो, के रहेछ यस्तो हुनुको कारण ?


यो दृश्य अर्जेन्टिनाको आकाशमा देखिएको हो । गत वर्ष अर्जेन्टिना र त्यस आसपासका आकाशमा नीलोको सट्टा गुलाबी आकाश देखिएको थियो ।

यसको केही तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हाल गुलाबी रंगको आकाश भएको तस्विरहरु निकै भाईरल बनिरहेको छ । सामान्यतया आकाशको रंग निलो हुन्छ । तर निलोको सट्टा आकाश गुलाबी भएपछि यो घटनाले मानिसहरुलाई अचम्म पारेको छ ।  
गुलाबी रगंको आकाश देखिनुको कारण ज्वालामुखी विष्फोटका कारण अर्जेन्टिनाको आकाशे रंग फेरिएको अध्ययनकर्ता बताउछन् । 
अर्जेन्टिनाको दक्षिण पैटागोनिया इलाकामा ज्वालामुखीबाट वायु प्रदुषण फैलिए पछि त्यहाँका ताल आसपासका पहाडसहित आकाश पनि गुलाबी भएको थियो ।
‘गार्डियन’ रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि सल्फेटका कण, समुद्री नुन र जलवाष्पबाट बनेको एरोसोल हावामा घुम्दछ । त्यसपछि तिनीहरू सूर्यको किरणसँग मिसिन्छन् । यसै कारण आकाश गुलाबी, बैजनी र नीलो रंगले चम्किन्छ । 

Logo