मिल्की वे ग्यालेक्सीमा भेटिए दुई नयाँ ग्रह

मिल्की वे ग्यालेक्सीमा भेटिए दुई नयाँ ग्रह


हालै इजरायली विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा पृथ्वीको सौर्यमण्डल भन्दा टाढा टेलिस्कोप मार्फत यात्रा गर्दै जादा दुई विशाल नयाँ ग्रहहरू फेला पारेका छन । यी दुई ठूला ग्रहहरुको आकार बृहस्पति बराबर रहेको जानकारी अध्ययनकर्ताहरुले दिएका छन । 
कसरी खोजिए यी दुई नयाँ ग्रह जानौं ।
इजरायलको तेल अभीभ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले मिल्की वे ग्यालेक्सी भित्र दुई नयाँ ग्रहहरू फेला पारेका छन । उनीहरूले युरोपेली अन्तरिक्ष एजेन्सी र गाया अन्तरिक्ष यानमा सहभागी टोलीसँगको सहकार्यमा अनुसन्धान गरेका थिए । अनुसन्धानकर्ताहरुले भेटिएका ती दुई ग्रहहरुलाई गैया–१ र र गैया–२ नाम दिएका छन् । 
अध्ययनकर्ताहरुले अनुसन्धानको नतिजा एस्ट्रोनोमी एण्ड एस्टे«फिजिक्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित गरेका थिए । अध्ययनकर्ताहरुले हालै भेटिएका दुई नयाँ बृहस्पति आकारका ग्रहहरूमा जीवनका संकेतहरू फेला पार्ने सम्भावना के कस्तो छ भनि अध्ययन अगाडि बढाएका छन ।
एजेन्सी ।।

Logo