सुर्यमा ठुलो विष्फोट पृथ्वीमा भू चुम्बकीय आधीको सम्भावना

सुर्यमा ठुलो विष्फोट पृथ्वीमा भू चुम्बकीय आधीको सम्भावना


नासाका अनुसार सूर्यमा ठूलो विस्फोट भएको छ । यो विष्फोटको पूर्ण विवरण मूल्याङ्कन गर्न एक हप्ता लाग्न सक्ने बताइएको छ । विष्फोटका कारण पृथ्वीमा भू–चुम्बकीय आँधी आउन सक्ने सम्भावनालाई नकार्न नसकिने वैज्ञानिकहरु बताउछन् । किनभने, सोलार डाइनामिक्स अब्जर्भेटरीले विस्फोट क्षेत्र वरपर धमिलो र तापले तातेर फोहोर उडेको देखिएको छ । 

विज्ञहरूका अनुसार केही सातादेखि शान्त रहेको सूर्यको सतह यस विष्फोटका कारण पुनः अशान्त भएको छ । सौर्य पर्यवेक्षकहरूले विस्फोटका टुक्राहरूलाई अध्ययन गरिरहेका छन् । जुन पृथ्वीको कक्षाबाट हेर्दा मधुरो देखिरहेको पर्यवेक्षक बताउँछन । सूर्यको अघि विष्फोट जुलाई ३१ मा भएको अध्ययनकर्ता बताउछन् । पृथ्वीको परिक्रमा गर्ने उपग्रहहरूद्वारा सूर्यबाट निस्किएको सी लेभलको ९.३ सौर्य ज्वारभाटा रेकर्ड गरिएको छ । सूर्यमा यति ठुलो विष्फोट भएता पनि सूर्यको ज्वारभाटा पृथ्वीको दिशामा नरहेको वैज्ञानिक आकँलन गर्छन । 

भू चुम्बकीय आधी के हो ?

भू–चुम्बकीय आँधी एक प्राकृतिक घटना हो जसले पृथ्वीको चुम्बकीय क्षेत्रमा ठूलो गडबडी ल्याउने गर्छ । यस्तो घटना त्यतिबेला हुन्छ जतिबेला सौर्य हावाको साथसाथ धेरै प्रभावकारी ऊर्जा पृथ्वीको भित्री अन्तरिक्ष वातावरणमा आउँछ । सूर्यले ११ वर्षको चक्र तीव्र हुँदै जाँदा, कोरोनल मास इजेक्शन (सिएमई) र सोलार फ्लेयर जस्ता घटनाहरू दोहोरिने प्रवृत्ति बढ्दै जान्छ ।

Logo