एस्ट्रोईडमा मुलाको खेती सम्भव

एस्ट्रोईडमा मुलाको खेती सम्भव


द प्लानेटरी साइन्स जर्नलका अनुसार छुद्रग्रह (एस्ट्रोएड) मा पनि खेती गर्न सकिने भएको छ । 

हालै प्लानेटरी साइन्स जर्नलले सार्वजनिक गरेको रिपोर्टमा वैज्ञानिकहरुले सिम्युलेटेड एस्ट्रोइड अर्थात कृत्रिम छुद्रग्रहको वातावरण निर्माण गरी विभिन्न सागसब्जीहरु जस्तै साग, मुला, खुर्सानी आदिका बिउहरु एस्ट्रोईडमा छरेका थिए । अध्ययनकर्ताहरुका अनुसार प्रत्येक बिउले फरक प्रतिकृया दिएको थियो । तर त्यसमध्ये मुलाको बिउ भने सबैभन्दा प्रभावकारी देखिएको थियो ।

अर्थात मुलाको बिउ अन्य तरकारीको तुलनामा सबैभन्दा राम्रो तरीकाले बढेको थियो । वैज्ञानिकहरुको यो खोज पछि अब देखि अन्तरिक्ष यात्रीहरुले पृथ्वीबाट नै तयार पारिएको खाना खानुभन्दा अन्तरिक्षमै घुमिरहेको छुद्रग्रहमा तरकारीको खेती गर्न सक्ने बताए । लामो समयसम्म अन्तरिक्षमै बस्ने वैज्ञानिकहरुलाई यो आबिस्कार वरदान साबित भएको छ ।   
 

Logo