नासाले सार्वजनिक गरेको तस्विरमा देखिएको अनौठो वस्तुको रहस्य खुल्यो

नासाले सार्वजनिक गरेको तस्विरमा देखिएको अनौठो वस्तुको रहस्य खुल्यो

केन्द्रबिन्दु
0
Shares

हालै नासाले मंगल ग्रहमा धागो जस्तो आकार भएको वस्तुको तस्बिर सार्वजनिक गरेको छ ।
यो तस्विर बाहिर सार्वजनिक भएपछि मानिसहरुको मनमा आएको सबैभन्दा ठूलो प्रश्न यो थियो कि आखिर यो के चिज हो ? नासाले भने यस चिजको जवाफ भने दिईसकेको छ । 

मंगल ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा महत्वपूर्ण ग्रह हो । नासाले यो ग्रहमा अहिलेसम्मकै सबैभन्दा धेरै मिसनहरू सञ्चालन गरिसकेको छ । यस्तो अवस्थामा यहाँ कुनै नयाँ कुरा देखिन्छ वा पाइन्छ भने त्यो महत्वपुर्ण कुरा हो । 

केही दिन अघि लिईएको मंगल ग्रहको तस्बिरमा मंगल ग्रहको सतहमा धागो जस्तो वस्तु देखिएको थियो । तस्विर हेरेका मध्ये कतिपयले यसलाई घाँस त कतिपयले चाउमिन पनि भनेका थिए । अहिलेसम्म यो विषयका बारेमा मानिसहरुको कल्पना मात्र गरेका थिए । तर नासाले मानिसहरुको मनमा उब्जियको प्रश्नको जवाफ खोजिसकेको छ ।

नासाका वैज्ञानिक जस्टिम माकीले मंगल ग्रहमा रहेको एउटा ब्लगमा अन्तरिक्ष अभियानबाट आउने भग्नावशेष देखिनु सामान्य कुरा भएको बताए । नासाका अनुसार धागो जस्तो देखिने चीज जालीको टुक्रा हो । जसलाई डेक्रोन नेटिंग भनिन्छ । डेक्रोन नेटिंग अन्तरिक्ष यान थर्मल कम्बललाई अत्यधिक गर्मीबाट बच्नका लागि प्रयोग गरिन्छ ।

 
अन्तरिक्ष यान अन्तरिक्षबाट मंगल ग्रहको सतहमा ल्याण्ड गर्दा यसको गति १९ हजार किलोमिटर प्रतिघण्टा भनदा बढि हुन्छ । जसका कारण मंगल ग्रहको वायुमण्डलसँग घर्षणका कारण अन्तरिक्षयानमा अत्यधिक गर्मी उत्पन्न हुन्छ ।

जस्टिम माकी थप्छन ‘ल्यान्डिङ गियरको दुर्घटनाको समयमा अन्तरिक्षयानमा भएका साना जालका टुक्राहरू टुक्रिएको हुनुपर्छ । घर्षण र अत्यधिक गर्मीका कारण जालका टुक्रा बल जस्तै बनेको हुनुपर्छ । मंगल ग्रहमा भएको हावाको कारण त्यो बल जस्तो देखिने वस्तु यताउता उडिरहेको हुनुपर्छ ।’ सो तस्विर नासाको पर्सिवरेन्स रोभरले लिएको हो । नासाको पर्सिवसेन्स रोभर मंगल ग्रहमा जीवनको खोज गरिरहेको छ ।

Logo