मंगल ग्रहको सतहमा ट्राइडिमाइट अर्थात चाँदी जस्तो खनिज पदार्थ फेला

मंगल ग्रहको सतहमा ट्राइडिमाइट अर्थात चाँदी जस्तो खनिज पदार्थ फेला


मंगल ग्रहको सतहमा ट्राइडिमाइट अर्थात चाँदी जस्तो एक रहस्यमय खनिज पदार्थ फेला परेको छ । 

त्यो रहस्यमय खनिजको बारेमा अनुसन्धानकर्ताहरूले खोज गरेका छन् । सात वर्षअघि यो खनिज मंगल ग्रहको सतहमा रोभरले ड्रिल गरेको थियो । 

अनुसन्धानकर्ताहरुका अनुसार सो ड्रिल गर्दा चाँदीको रंगको खनिज फेला प¥यो, जसलाई ट्राइडिमाइट भनिन्छ ।  

यो खनिजको खोजले वैज्ञानिकहरूलाई चकित पारेको छ । अन्वेषकहरू विश्वास गर्छन् कि पृथ्वीमा सामान्यतया पाइने यो खनिज मंगलग्रहमा ज्वालामुखी विष्फोट हुँदा ३ अरब वर्ष पहिले बाहिर निस्किएको हुनसक्ने बताउछन् । 

नासाले सन् २०१५ जुलाई ३०, का दिन नासाको क्युरियोसिटी रोभरले १५४ किलोमिटर चौडाइ भएको खाडलको बीच चट्टान भित्र सो खनिज पत्ता लगाएको थियो ।
रोभरले चट्टानमा एउटा सानो प्वाल बनाएको थियो । जसको भित्रबाट चाँदीजस्तै चम्किरहेको धुलो निस्किएको थियो । नासाका अनुसार यो एक दुर्लभ प्रकारको क्वार्ट्ज हो जुन पूर्णतया सिलिकन डाइअक्साइड, वा सिलिकाबाट बनेको हुन्छ । यो केहि ज्वालामुखी गतिविधिको कारण बनाइन्छ । 

ट्राइडाइमाइटको खोज किन महत्त्वपूर्ण छ ?

ह्युस्टनको राइस युनिभर्सिटीका वैज्ञानिक र नासा मिसन विशेषज्ञ कर्स्टन सीबाचले भने, “गेल क्रेटरमा ट्राइडाइमाइटको खोज क्युरियोसिटीले विगत १० वर्षमा गरेको सबैभन्दा अचम्मको कुरा हो ।’

अनुसन्धानकर्ताहरूले यस अनुसन्धानबाट अचम्मित हुनुको मुख्य दुई कारण रहेको बताएका छन् । पहिलो, मंगल ग्रहको ज्वालामुखी गतिविधि ट्राइडाइमाइट जस्ता सिलिका युक्त खनिजहरूको लागि अनुपयुक्त मानिन्थ्यो । 

दोस्रो, गेल क्रेटरलाई वैज्ञानिकहरूले पुरानो ताल मानेका छन् र यसको नजिक कुनै ज्वालामुखी पनि छैन । अनुसन्धानकर्ताहरूका अनुसार रोभरले ड्रिल गरेको खाडलमा ३ देखि ३.५ अर्ब वर्षअघि पानीले भरिएको थियो ।
 

Logo