भविष्यका बच्चाहरु वीर्य र डिम्ब बिना ल्याबमा उत्पादन हुने

भविष्यका बच्चाहरु वीर्य र डिम्ब बिना ल्याबमा उत्पादन हुने


एक बायोटेक कम्पनीले मानव भ्रुणलाई सिंथेटिक तरिकाले विकास गर्ने भएका छन् ।

भ्रुणलाई कृतिम रुपमा सिर्जना गर्नु भनेको सिंथेटिक जीवनलाई जन्म दिनु हो । गत अगस्ट महिनाको सुरुमा केही वैज्ञानिकहरूले मुसाको सिंथेटिक भ्रुण बनाएको दाबी गरेका थिए । सोहि कारण वैज्ञानिकहरु कृतिम मानव भ्रुण उत्पादन गर्न सक्क्षम भएमा उनीहरुलाई न पुरुषको वीर्य न त महिलाको डिम्बको नै आवश्यकता पर्छ । यो परीक्षण सफल भएमा भविष्यमा मानिसहरुसँग सिंथेटिक सन्तान जन्माउने कि नजन्माउने उनीहरुकै हातमा रहन्छ । 

वैज्ञानिकहरुको यस्तो सफल परीक्षण पछि मानिसहरुका मनमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । जस्तो कि के कुनै पनि जीव वा मानव महिला, पुरुषले एकअर्कासँग शारीरिक सम्बन्ध नबनाई सिंथेटिक बच्चाहरू उत्पादन गर्नेछन ? के त्यसरी जन्मिएका बच्चाहरुसँग आमा बुवाको सम्बन्ध बलियो हुन्छ ? यो परियोजना पछाडिको उद्देश्य के हो ? 

यस्ता प्रश्नहरुका बिच वैज्ञानिकहरु भने सिंथेटिक भु्रण विकास गर्न सक्षम भएकाले अत्यन्तै खुसी भएका छन् । वैज्ञानिकहरु यो सफल परिक्षणलाई चिकित्सा विज्ञानको ठूलो चमत्कार मान्छन् । वैज्ञानिकहरु भन्दछन् । यदि यी सिंथेटिक भ्रुणको उत्पादन गर्न सुरु गरियो भने, भविष्यका मानिसहरूले धेरै प्रकारका रोग र समस्याहरूबाट छुटकारा पाउनेछन् । सिंथेतिक तरिकाबाट उत्पादित बच्चाहरुका कारण यदि भविष्यमा कसैलाई पनि कुनै पनि प्रकारको अंग चाहिएको छ भने यसरी उत्पादन भएका बच्चाहरुको अंगलाई  खाँचो परेकाहरूलाई प्रयोग गर्न सकिन्छ । जस्तै कसै–कसैलाई मृगौला, कलेजो, मुटु वा आन्द्रा आदि चाहिरहेको हुन्छ । 

वास्तवमा, वैज्ञानिकहरुले सिंथेटिक मुसाको भ्रुण विकास गर्नुको मुख्य उद्देश्य नै ‘शारीरिक अंगको कमीलाई पूरा गर्नु थियो ।’ यो परियोजनामा सामेल भएका वैज्ञानिकहरुले सिंथेटिक तरिकाबाट सन्तान नजन्माउने बताउछन् ।    
उनीहअरुका अनुसार भ्रुणबाट निश्चित प्रकारका कोशिकाहरू हटाएर आवश्यकता अनुसार मानव अंगको विकास गरिने छ ।  

विश्वभरबाट मागमा आएको शारीरिक अंगहरूको निरन्तर अभावलाई पूरा गरिने छ । वैज्ञानिकहरू सिंथेटिक भ्रुण बनाएर मानव कोशिकाहरू विकास गर्न चाहन्छन् । ताकि दाताहरुका माग अङ्गको अभाव नहोस् । वैज्ञानिकहरु विश्वास गर्छन कि यो सफल परिक्षणबाट विश्वभर भइरहेका अंगको अभावलाई पूरा गर्न सकिन्छ ।  

वैज्ञानिकहरुका अनुसार मानव शरीरमा भ्रुण विकास गर्न जति समय लाग्छ, त्यति नै समय सिंथेटिक भ्रुण उत्पादन गर्न लाग्ने बताउछन् । वैज्ञानिकहरुका अनुसार करिब ४० देखि ५० दिनमा यो सिंथेटिक भ्रुण निमार्ण हुन्छ । जसमा शरीरका स–साना भागहरू विकसित हुन्छन् । पछि आवश्यकता अनुसार अंग विकास गरी आवश्यक व्यक्तिलाई दान गरिने बताउछन् । 

Logo