अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ

अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ


काठमाडौं ।

मुम्बईको नानावती अस्पतालमा १२ दिनदेखि कोरोनाको उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालसँग सम्बन्धित स्रोतका अनुसार, अब उनलाई एक वा दुई दिन मात्र अस्पतालमा राखिनेछ । त्यस्तै अमिताभका छोरा अभिषेक बच्चनको भने सबै रिपोर्टहरु नकारात्मक आएका छन् । स्रोतका अनुसार, उनीलाई बिहीबार साँझसम्म डिस्चार्ज गर्न सकिने बताएको छ ।

बुधबार गरिएको कोभिड टेस्टमा उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो । ७७ वर्षीय अमिताभ र ४४ वर्षीय अभिषेकबाहेक ४६ वर्षीय ऐश्वर्या राय र उनकी ८ वर्षीया छोरी आराध्यामा पनि कोरोना पोजेटिभ पाइएको थियो ।

Logo