आइएमई लाइफइन्सोरेन्सको पहिलो साधारणसभा सम्पन्न

आइएमई लाइफइन्सोरेन्सको पहिलो साधारणसभा सम्पन्न


काठडमाडौंँ ।

आइएमई लाइफइन्सोरेन्स कम्पनी लिमिटेडको प्रथमवार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा.रामहरी अर्यालले देशभर प्रधानकार्यालय सहित ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमाआई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको जानकारी दिए ।

कम्पनीले आम मानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी अर्यालले दिए ।

कम्पनीमा हालसम्म आबद्ध रहेका १ हजार २ सय ५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाइ व्यबसायमा सक्रीय रुपले सहभागी हुने गरि प्रबिधि र सफ्ट्वयेरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बिमालेख जारी गर्दै आरहेको जानकारी उनले दिए ।

साधारण सभाले संचालक समितिबाट प्रस्तुतवार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३।७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ । सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको कम्पनीले जनाएको छ ।

नवनिर्वाचित संचालकहरुले पदवहाली तथा शपथ ग्रहण गरेका छन् । बीमा समितीको प्रावधान अनुसार २०७५ साल अषाढ मसान्तसम्मको चुक्तापूँजी कम्तीमा रु. २ अर्ब पु-याउनु पर्ने प्रावधान अनुरुप सर्बसाधारणलाई शेयर जारी गरी पूजी बृद्विगर्ने जानकारी पनि सभामा दिइएको छ ।

अध्यक्ष डा. रामहरी अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सक्रिय रहनु भएका सम्पुर्ण बिमितहरु, सस्थापक शेयरधनीहरु, कर्मचारी र नियमनकारी निकाय, बीमा समितीलगायत नेपाल सरकारका बिभिन्न निकायहरु प्रतिहार्दिक कृतज्ञता व्यक्त गरे ।

Logo