राष्ट्रिय युवा संघ धुलिखेल-२ का अध्यक्ष तिमल्सिना कांग्रेसमा प्रवेश

राष्ट्रिय युवा संघ धुलिखेल-२ का अध्यक्ष तिमल्सिना कांग्रेसमा प्रवेश


नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं-२ का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन्।

शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नगर सभापति विदुर बस्नेतले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन् ।

नेकपा एमालेले भ्रमपूर्ण वातावरण सृजना गरि जनतालाई अल्मल्याउने काम गरेकाले निष्ठाकाे राजनीति जीवन बिताउने कांग्रेस प्रवेश गरेकाे नेता तिमल्सिनाले बताए । 

कांग्रेसकाे राजनीति आएसँगै नेता तिमल्सिनाले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न उपयुक्त वातावरण सृजना तयार गरिने नेपाली कांग्रेसका धुलिखेल नगर सभापति विदुर बस्नेतले बताए।

Logo