यी हुन् राष्ट्रियसभाका लागी एमालेमा सिफारिस उम्मेदवार [ नामसहित ]

यी हुन् राष्ट्रियसभाका लागी एमालेमा सिफारिस उम्मेदवार [ नामसहित ]


काठमाडौं ।

राष्ट्रिय सभाका ५६ सिट मध्ये नेकपा एमालेको भागमा २९ सिट परेका छन् । माघ २४ गते हुने निर्वाचनका लागी यी २९ सिटमा एमालेले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रदेश १ र ६ बाहेक अन्य प्रदेश कमिटीले सम्भावित उम्मेदवारहरुको नाम पनि सिफारिस गरिसकेका छन् ।

प्रदेश नम्बर २ मा एमालेले जित्ने सम्भावना भएको एक सिटमात्र हो । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ ।

जित्ने दाबी गरिएको एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरन्जीवी आचार्य लगायतको नाम सिफारिस भएको छ ।

प्रदेश ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर, राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए ।

प्रदेश नम्बर ४ बाट एमालेले खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

प्रदेश ५ बाट १०० बढी नाम सिफारिस भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्षद्धय खिमलाल भट्टराई, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरु पनि सिफारिसमा परेका छन् ।

तर, एमालेले सो प्रदेशबाट ४ सिट पाएको छ । एमालेका अधिकांश प्रभावशाली युवा नेताले प्रदेश वा प्रतिनिधिसभाको टिकट पाउँदा खिमलाल र ठाकुर छुटेका थिए ।

एमालेले ५ नम्बर प्रदेशबाट २ खुला सदस्यको सिट पाउको छ । प्रदेश कमिटीले प्रदेश संयोजक बिष्णु पौडेललाई स्थायी कमिटीमा नाम सिफारिस गर्ने अधिकार दिएको स्रोतले जनाएको छ ।

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनतीन जनाको नाम सिफारिस गरेको सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ ।

त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् ।
एमालेले एक सिटका लागि बढीमा ३ जनाको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीहरुलाई निर्देशन पठाएको थियो ।

Logo