राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै युवाले गरे विरोध प्रदर्शन

राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै युवाले गरे विरोध प्रदर्शन


राहदानी वितरण प्रक्रियामा ढिलासुस्ती भएको भन्दै युवाले विरोध प्रदर्शन गरेका छन् । सर्वसुलभ तरिकाले राहदानी वितरण गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेका हुन् । 

कार्यक्रमका सहभागीहरुले राहदानी वितरणमा ढिलासुस्ती र अस्तव्यस्त भएको भन्दै सरकारलाई दबाब दिन राहदानी विभाग अगाडि प्रदर्शन गरेको बताएका छन् । 

उनीहरुले महंगीले सतायो, राहदानीले रुवायो, ढिलासुस्ती अन्त्य गरजस्ता नारा लगाएर विरोधमा उत्रिएका थिए।  

Logo